एनआईसी एशिया बैंकले सुरु गर्यो अष्ट्रेलियन डलरको बिक्री

विकासन्युज                              २०७५ असोज १९ गते ७:२१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको छ । प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ  ।

बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीका लागि सम्बन्धित देशको मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै ल्याएको बैंकले जनाएको छ ।

प्रक्रिया पु¥याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत खरिद गर्न सक्ने बैंकले जानकारी दिएको छ ।बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध गराएको छ ।बैंकले हालका लागि काठमाडौं भित्रका सम्पूर्ण ४४ शाखा कार्यालयबाट उपलब्ध गराउदै आएको छ ।