सेयर बजार दोहरो अंकले बढ्यो, सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार

विकासन्युज                              २०७५ भाद्र २७ गते ३:५०

काठमाडौं । पछिल्लो समयमा सेयर बजार निरन्तर बढ्न थालेको छ । बुधबार सेयर बजार १३ अंक बढेर नेप्से परिसुचक १ हजार २३१ अंक नजिक पुगेको छ ।

बजार बढेपछि बुधबार ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, बीमा र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । बुधबार एनआईसी एसियाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ४०८ रुपैयाँमा ५ करोड १३ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनआईसी एसिया बैंकको सेयर मूल्य बढ्न थालेको छ ।

बैंकको ब्याजदर घटेको र अनलाइन ट्रेडिङ पुर्ण रुपमा कार्यन्वयनमा आउन लागेकाले यसको असर बजारमा परेको लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । विकासन्युजसंग कुरा गर्दै उनले भने “बजार अब बढ्छ घट्दैन ।” उनले पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढेको बताए ।