एनआईसी एशिया बैंकको सबैभन्दा बढी सेयर कारोबार

विकासन्युज                              २०७५ भाद्र २६ गते ३:३८

काठमाडौं । मंगलबारको सेयर बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको मात्रै २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ ।

सामान्य अंकले बढेको बजारमा कुल १६७ कम्पनीको सेयर कारोबार भएको छ । उक्त कम्पनीको १० लाख ९७ हजार कित्ता सेयर ३३ करोड रुपैयाँमा किनबेच भएको छ ।

समग्रमा मंगलबारको नेप्से परिसूचक ६.७७ अंकले उकालो लागेर १२१७.६५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले बढेको हो ।

सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । उक्त संस्थाका लगानीकर्ताले एकैदिन १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी होटल समूह ४९ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह ६५ अंकले ओरालो लागेको छ ।