एनआईसी एशिया बैंकबाटै एशियन लाईफको इन्स्योरेन्स सेवा पाइने

विकासन्युज                              २०७५ भाद्र २४ गते ५:१४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडबाटै एशियन लाईफको इन्स्योरेन्स सेवा पाइने छ । आइतबार दुई संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैंकका ग्राहकले उक्त सेवा पाउने भएका हुन् ।

साथै, ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।