अब एनआईसी एशिया बैंकबाटै गुराँस लाईफको इन्स्योरेन्स सेवा पाइने

विकासन्युज                              २०७५ भाद्र १९ गते ५:५४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।