सेञ्चुरी बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट पाउने

विकासन्युज                              २०७५ भाद्र १९ गते १२:३८

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् विभिन्न सेवा सुविधामा सो मात्राको छुट दिइने सम्बन्धि सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।