३ अर्ब ८१ करोडको बोनस सेयर दर्ता, सबैभन्दा बढी हिमालयन बैंकको कसको कति (सूचिसहित)

विकासन्युज                              २०७५ भाद्र १३ गते ३:१४

काठमाडौं । साउनयता डेढ महिनाको अवधिमा विभिन्न ८ कम्पनीको झण्डै ४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । विभिन्न ८ बैंक तथा वित्तीय संस्थाको ३ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ बराबरको ३ करोड ८१ लाख ५३ हजार कित्ता बोनस सेयर दर्ता भएको हो । बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका छन् ।   सूची हेर्न यहाँ क्लिक गर्नुहोस 

यसअवधिमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैंक भएको छ । हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । यस्तै सुर्यौैैदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत अर्थात ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता, युनाइटे फाइनान्स लिमिटेडको १९ प्रतिशत अर्थात १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार कित्ता बोनस सेयर दर्ता भएको छ ।

यसैगरी सिद्धार्थ बैंकको १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, मेगा बैंकको १०.७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार कित्ता सेयर दर्ता भएको छ ।

नेपाल कम्युनिटी डेलपमेन्ट बैंकको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख र मञ्जुश्री फाइनान्स लिमिटेडको ५.७१ प्रतिशत अर्थात ४ करोड ६४ लाख रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था, जलविद्युत लगायत विभिन्न ११२ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए ।