एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति १ करोड ४४ लाख बढ्यो

विकासन्युज                              २०७५ भाद्र १३ गते ९:४०

काठमाडौं । एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति गत साउनमा बढेको छ । फण्डले बुधबार सार्वजनिक गरेको साउनको वित्तीय विवरणमा खुद सम्पत्ति १ करोड ४४ लाख रुपैयाँ बढेको देखाएको हो ।

गत साउनमा प्रतिईकाई खुद सम्पत्ति १७ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ । खुदसम्पत्ति ८३ करोड ५२ लाख रुपैयाँ रहेकोमा साउनमा बढेर ८४ करोड ९६ लाख रुपैयाँ पुगेको फण्डले जानकारी दिएको छ ।

फण्डले ५५ कम्पनीका ६ लाख १९ हजार ३६३ कित्ता सेयर र बैंकमा मुद्धति निक्षेपमा गरी ४४करोड ७० लाख रुपैयाँ लगानी गरेको जानकारी दिएको छ । यस्तै बैंकमा रहेको मौज्दात र अन्य सम्पत्ति गरी ४२ करोड ६५ लाख रुपैयाँ रहेको फण्डले जानकारी दिएको छ ।

फण्डमा एनआईसी एसिया बैंक कोष प्रवद्र्धक र एनआईसी एसिया क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको छ । कोष गत फागुनदेखि सञ्चालनमा आएको हो । कोषको अवधि ७ वर्ष छ ।