ङादी ग्रुपको आगामी वार्षिक साधारणसभा स्थगित, अब कहिले हुन्छ ?

विकासन्युज                              २०७५ भाद्र ८ गते १:३२

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । आगामी भदौ २७ गते गर्ने भनिएको साधारणसभा हालको लागि स्थगित गरी अब असोज ४ गते गर्ने निर्णय गरेको छ ।

 

उक्त निर्णय भदौ ८ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो ।

विशेष कारणले केही संचालकहरु देश बाहिर हुने भएकाले भदौ २७ गतेको हुने भनिएको सभा स्थगित भएको कम्पनीले जनाएको छ । संस्थाले शुक्रबार नेप्सेमा एक सूचनाद्धारा साधारणसभाको मिति सरेको जानकारी गराएको हो ।

उक्त सभाले सेयरधनीलाई १० प्रतिशत बोनस दिने संस्थाको प्रस्तावलाई पारित गर्ने छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ५४ लाख रुपैयाँ पुग्ने छ । यसपछि हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।