सेन्चुरी बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सम्झौता

विकासन्युज                              २०७५ भाद्र ६ गते ४:१२

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सेन्चुरी बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले भने “यस सम्झौताबाट सेन्चुरी बैंकका ग्राहकहरुले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनीहरुले सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एक पाइला अगाडी बढेको भान भएको छ ।”

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने छ ।