अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफको इन्स्योरेन्स सेवा पाइने

विकासन्युज                              २०७५ भाद्र ४ गते ३:५०

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् ।

बैंकास्योरेन्स सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

 

हाल बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।