हिमालयन बैंकको नाफा २ अर्ब ४७ करोड

विकासन्युज                              २०७५ श्रावण ३० गते २:००

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष(२०७३÷२०७४)मा २ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त तुलनामा बैंकको नाफामा १३.६० प्रतिशत वृद्धि भएको छ ।

बैंकको ब्याज आम्दानी बढेर ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप रकम ६ अर्ब ८६ करोड रुपैयाँले बढेर ९९ अर्ब ७४ करोड रुपैयाँ र कर्जा लगानी पनि बढेर ८७ अर्ब पुगेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ । त्यस्तै, गत वर्ष बैंकको संचित कोषमा ७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा ७६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीको संचित कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी घटेर ३२ रुपैयाँ ८१ पैसामा झरेको छ भने बेसरेट(आधार दर) बढेर ९.६६ प्रतिशत पुगेको छ । त्यस्तै, सीडी रेसियो(कर्जा निक्षेप अनुपात) ७७.०२ प्रतिशतमा झरेको छ । गत असार मसान्तमा बैंकको निष्कृय कर्जा ०.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ०.८७ प्रतिशत रहेको थियो ।