ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

विकासन्युज                              २०७५ श्रावण २४ गते ९:३०

काठमाडौं । ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पताल एन्ड रिर्सच सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । सेवा दिने सम्बन्धि सम्भौतापत्रमा दिर्घायु गुरुका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आईएमईका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

 

ग्लोबलले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ ।दिर्घायु गुरु अस्पताल चावेलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशत सम्म छुट पाउने छन् ।

ग्लोबल आइएमईको १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि र  कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।