एनआईसी एसिया र बुम रेमिटबीच रेमिट्यान्स सेवा संचालन सम्झौता

विकासन्युज                              २०७५ श्रावण २० गते ६:०७

काठमाडौं । एनआईसी एसिया बैंक र बुम रेमिट्यान्स प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौतामा एनआईसी एसिया बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकले आफ्नो २३४ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवयेर मार्फत आन्तरिक विप्रेषन कार्य गर्न सकिने बताइएको छ ।