सिटिजन बैंकको एफपीओ माग भन्दा बढी आवेदन, दरखास्त दिने आज अन्तिम दिन

विकासन्युज                              २०७५ श्रावण १८ गते ७:५७

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) शुक्रबारसम्म मात्र भर्न पाइने भएको छ ।माग भन्दा बढी आवेदन परेपछि शुक्रबार बैंकिङ समयपछि आवेदन लिने काम बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो ।

बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ ।एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने भनिएकोमा माग भन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदिनमा एफपीओ बन्द हुन लागेको हो । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ ।

एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।