नेरुडे लघुवित्तले ल्यायो ‘ट्यावलेट बैकिङ’, इन्टरनेट विना सेवा लिन सकिने

विकासन्युज                              २०७५ श्रावण १० गते ४:०९

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा “ट्यावलेट बैकिङ” सेवा सुचारु गरेको छ । संस्थाले यो कार्यक्रम युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत ल्याएको हो ।

लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ट्यावलेट बैकिङ कार्यक्रम शूरु गरेको हो । धरान १७ को रेलवे लाइनमा रहेको सप्तरंगि नेरुडे महिला केन्द्रमा भएको कार्यक्रममा संस्थाका प्रबन्ध संचालक मणिकुमार अज्र्यालले यो प्रविधिबाट आफ्ना ग्राहक सदस्यहरुलाई सेवा दिने बताएका छन् । ग्राहकहरुलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गर्न यो प्रविधि ल्याइएको संस्थाले जनाएको छ । इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिनेछ ।

यो परियोजना अन्तर्गत ७ जिल्लाका १९ शाखामा कार्यक्रम संचालन भै रहेको छ । ट्याबलेट बैकिङ सेवा मार्फत सबै सदस्यहरुले कारोबार हुने बित्तिकै कारोबारको जानकारी रसिद हात हातमा पाउने धरान शाखाको प्रमुख सम्झना लामाले बताए । धरान १७ की फुलमाया राईले बिजुलीको बिल जस्तै नेरुडेले पनि यस्तो रसिद दिन थालेकोले घरपारिवार र अन्य सबैलाई बताउन र देखाउन सजिलो भएको बताईन ।