असार २८ गते स्वरोजगार लघुवित्तको बुक क्लोज, हकप्रद सेयर जारी गर्ने

विकासन्युज                              २०७५ आषाढ़ १८ गते १२:४५

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आगामी असार २८ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबारको दर्ता किताब बन्द गर्न लागेको हो ।

संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत(१ः१को अनुपातमा) हकप्रद जारी पश्चात संस्थाको पुँजी २४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।