सिद्धार्थ बैंक र संसार रेमिटबीच रेमिट्यान्स सम्झौता, रकम भुक्तानी गर्न सजिलो

विकासन्युज                              २०७५ ज्येष्ठ २३ गते ६:२४

काठमाडौं । सिद्धार्थ बैंक र संसार रेमिट प्रालिबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र संसार रेमिटको तर्फबाट अध्यक्ष चन्द्रकान्त आचार्यले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै संसार रेमिट मार्फत कोरिया, जापान, युरोप लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम बैंकको जुनसुकै शाखाहरुबाट झिक्नका साथै जम्मा गर्न सकिने छ । सम्झौतापछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिएका छन् ।