Latest News

२०७५ माघ ६ गते ३:२५

काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार शुरु भएदेखि निरन्तर बढिरहेको अपरको सेयर मूल्य आइतबार ६.१० प्रतिशतले घटेको छ । गत पुस २९ गतेदेखि कारोबार शुरु भएको उक्त कम्पनीको मूल्य ५ दिनसम्म निरन्तर उच्च मूल्यमा कारोबार भएको थियो । तर आज छैटौँ दिनको उक्त मूल्य वृद्धि थामिएको छ । अघिल्लो कारोबार अर्थात गत बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ थियो भने आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३२६ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको थियो । सो समयमा कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनबेच भएको थियो । बजारमा उच्च कारोबार भएपछि त्यसपछिको बजारमा सर्किट ब्रेक लाग्यो । बजारम...

२०७५ माघ ६ गते १२:५०

काठमाडौं । बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रपावरको शेयरमूय घट्न थालेको छ । बिहान बजार खुल्नेबित्तिकै ३११ रुपैंयाबाट ३४२ रुपैंयासम्म मूल्य पुगेको उक्त शेयरको मूल्य घटेर ३०२ सम्म आइपुगेको छ । गत आइतबारदेखि कारोबार सुरु भएको उक्त शेयरको मूल्य ५ दिनसम्म निरन्तर सर्किट लाग्दै आएकोमा छैटौं दिन मूल्य थामिएको हो ।   ...

२०७५ माघ २ गते ३:३२

काठमाडौं । बुधबारको सेयर बजार ७.५७ अंकले ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ०.६३ प्रतिशतले घटेर ११८७ अंकमा झरेको छ । सो दिनको परिसूचकमा तीब्र उतारचढाव देखिएको छ । परिसूचकमा उतारचढाव देखिएतापनि सेयर कारोबारमा भने केही सुधार देखिएको छ । दिनभरको कारोबारमा कुल १६९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तीब्र उतारचढाव देखिएको बजारमा पनि अपर तामाकोशी हाइड्रो पावरको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य २५ रुपैयाँले बढेर प्रतिकित्ता २८३ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ रहेको थियो । आइतबारदेखि नेप्सेमा कारोबार शुरु गरेको यस कम्पनीको सेयर उच्च मूल्यमा बिक्री भइरहेको छ । उक्त दिनदेखि बुधबारसम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले ब...

२०७५ माघ १ गते ४:१६

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर र नागरिक लगानी कोषका शेयर स्क्रिपहरुको मूल्यमा १० प्रतिशतको वृद्धि हुँदा समग्र बजार परिसूचक १७ अंकले माथि उक्लेको छ । मंगलबारको शेयर बजारमा परिसूचक १७.५१ अंकले बढेर ११९५.५४ अंक पुगेको छ । उक्त दिन कारोबार रकम ३९ करोड ७३ लाख भएको छ । आज कारोबार भएका सबै ११ वटै परिसूचकहरुका वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावरको वृद्धिले हाइड्रो परिसूचकले ४.३५ प्रतिशतको वृद्धि हासिल गरेको छ । माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयरको अघिल्लो दिनको बजार पुँजीकरण २४ अर्ब ८८ करोड थियो । यसमा करिब १० प्रतिशतले वृद्धि हुँदा कुल बजार पुँजीकरणमा करिब साढे २ अर्ब सहयोग पुगेको थियो । त्यस्तै, नागरिक लगानी कोष २१ अर्ब ४५ करोड ९१ लाखबाट १० प्रतिशत २ अर्ब ३५ करोड रुपैंया बढेको छ । अपर तामाकोशी र नागरिक लगानी कोषले आजको बजारमा करिब ४ अर...

२०७५ पौष ३० गते ५:२८

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा २७६ करोड १७ लाख रुपैयाँ संचालन मुनाफा र २०२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । त्यस्तै, गत आइतबार(पुस २९ गते) सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पदमा अर्जुनकुमार गौतमल...

२०७५ पौष ३० गते ५:१२

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा आज सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए । सभामा संचालक समितिको तर्फबाट श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए । अध्यक्ष श्रेष्ठले बैंकले आव २०७४÷७५ ...