Latest News

२०७४ श्रावण ३२ गते १२:५३

टेलिकमले बढायो २९ प्रतिशतले नाफा, ३ अर्ब ३८ करोड नाफा बढाएर १५ अर्ब पुर्यायो काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ थियो । टेलिकमले गत वर्ष २९ दशमलव २४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यसले ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ नाफा बढाएर १५ अर्ब १ करोड रुपैयाँ पुराएको छ । टेलिकमले सेवा क्षेत्रबाट मात्रै ४० अर्ब रुपैयाँ आम्दानी गरेको छ । अन्य सेवबाट ४ अर्ब कमाएको पनि उल्लेख छ । यो कम्पनीले प्रति सेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा रहेको छ ।  यसको नेटवर्थ प्रति सेयर ६२० रुपैयाँ ४६ पैसा छ । भएकोले यसको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ देखिएको हो । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको वार्षिक कुल खर्च मात्रै २४ अर्ब रुपैयाँ रहेको छ । ...

२०७४ श्रावण १ गते ५:५७

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको एक करोड ४१ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै सिटिजञ्स बैंक इन्टरनेशनल र गरिमा विकास बैंकको गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा सिटिजञ्स बैंकको १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर थपिएको छ । त्यस्तै, सोही दिन गरिमा विकास बैंकको पनि ३ लाख ४५ हजार ९१८ कित्ता हकप्रद थपिएको छ । ...

२०७४ श्रावण १ गते २:२०

काठमाडौं । अरुण फाइनान्सको आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।     ...

२०७४ आषाढ़ २७ गते ५:३८

काठमाडौं । मंगलबारको सेयर बजारमा साँढे ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर करिब ९९ करोड ६३ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर बिक्री भएको छ । सो बैंकको एकैदिन २४ करोड ६१ लाख रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, यस बैंकको प्रमोटर सेयर ११०० रुपैयाँदेखि ११३४ रुपैयाँ सम्ममा किनबेच भएको छ । मंगलबारको नेप्से परिसूचक ९ दशमलब ७९ अंकले बढेर १५८५ अंकमा पुगेको छ । करिब दोहोरो अंकले बढेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक हरिया देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हा...

२०७४ आषाढ़ २० गते ९:२०

काठमाडौं । उच्च अदालतले विशाल बजार कम्पनी लिमिटेडलाई साउन मसान्तसम्ममा वार्षिक साधारणसभा गर्न आदेश दिएको छ । न्यायधिशद्वय जीवनहरि अधिकारी र प्रमोद कुमार श्रेष्ठ बैद्यले असार ७ गते परमादेश जारी गर्दै कम्पनीको वार्षिक साधारणसभा २०७४ साउन ३१ गतेसम्म गर्न गराउन भनेको हो । कम्पनीका सेयरधनीहरु सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले विशाल बजार कम्पनी कानुन विपरित चलेको, वार्षिक साधारणसभा नगरेको, वित्तीय अवस्था सार्वजनिक नगरेको, सेयरधनीलाई गुमराहमा राखेको, २ जना सञ्चालकले कम्पनीलाई मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउँदै तत्काल साधारणसभा गर्न गराउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए । मुद्दाको पक्षमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह र अधिवक्त हेमन्तराज ढकालले वहस गरेका थिए । सेयरधनीले कम्पनीको अध्यक्ष तथा सञ्चालक समिति, प्रमुख क...