Latest News

२०७५ आषाढ़ २७ गते ७:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज अपराह्न यहाँ सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यका साथै आर्थिक वर्ष २०७५÷७६ को बजेटको प्राथमिकता र नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीति ल्याएको हो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विस्तारकारी मौद्रिक नीति भएकाले सकारात्मक भएको बताए । उनले सकारात्मक लगानी योग्य रकमको अभावलाई सम्बोधन गरेको र ब्याजदरलाई स्थायित्व दिने गरी आएकाले मौद्रिक नीतिलाई सकारात्मकरुपमा लिइएको स्पष्ट पारे । स्प्रेड दर घटाएकाले कर्जाको ब्याजदर कम हुने र ...

२०७५ आषाढ़ २७ गते ४:३७

काठमाडौं । सरकारले घर जग्गा कारोबारमा हुने उतारचढावलाई प्रष्ट पार्न राष्ट्र बैंकले सूचाङक तयार पारेको छ । बैंकले घरजग्गा कारोबारमा भैरहने गतिविधीको अध्ययन गरी सूचाङक तयार गर्ने भएको हाे । बुधबार २०७५ ०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले सरकारको एकिकृत बस्ती विकासमा टेवा पुर्याउने गरी खेतीयोग्य जमिन बचाउन सुचाङक तयार गर्न लागेको छ ।   ...

२०७५ आषाढ़ २७ गते ३:५०

काठमाडौं । आगामी आर्थिक वर्ष बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ थप तरलता प्रवाह हुने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात (सीआरआर) कटौती गर्ने भएपछि यो रकम बराबर थप तरलता बढने देखिएको हो । केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात वाणिज्य बैंकले ६, विकास बैंकले ५ र वित्त कम्पनीले ४ प्रतिशत राख्नुपर्ने विद्यमान व्यवस्थालाई खुकुलो बनाई सबैले ४ प्रतिशत राखे पुग्ने व्यवस्था गरेकाले तरलता बढने भएको हो । यस्तै वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ बाट १०, विकास बैंकलाई ९ बाट ८ र वित्त कम्पनीलाई ८ बाट ७ प्रतिशत कायम गरे पुग्ने भएको छ । ...

२०७५ आषाढ़ २७ गते ३:३८

काठमाडौं । सेयर बजार २० प्रतिशत भन्दा बढी घटेमा बैंकले लगानीकर्तालाई ऋण तिर्न (मार्जिन कल) गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा २० प्रतिशतसम्म सेयर बजार घट्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्न नपाउने र सो भन्दा बढी भएमा मात्र पाउने व्यवस्था गरेको हो । यसले लगानीकर्तालाई केही राहत मिलेको छ । यस्तै वाणिज्य बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत सेयर कर्जा दिन पाउने सीमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । यसले लगानीकर्तालाई भने निरास बनाएको छ । सेयर धितो कर्जा सीमा ५० प्रतिशत कायम राखिएको छ ।     ...

२०७५ आषाढ़ २७ गते ३:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने भएको छ । यस्तै रिपो दर यथावत राखेको छ भने सीआरआर सबैलाई ४ प्रतिशत कायम गरिएको छ ।   ...

२०७५ आषाढ़ २७ गते ३:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने भएको छ । यस्तै रिपो दर यथावत राखेको छ भने सीआरआर सबैलाई ४ प्रतिशत कायम गरिएको छ ।   ...