Latest News

२०७५ असोज २४ गते ९:१०

काठमाडौं । नियामक निकायमध्ये सबै भन्दा अत्याधुनिक भवन बीमा समितिले बनाउने भएको छ । समितिले ८० करोडको लागतमा ७ तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो भवन बिभिन्न नियामक निकायहरु बस्दै आएको हालसम्मकै अत्याधुनिक हुनेछ । कुपण्डोलस्थिल समितिको वर्तमान भवनको पछाडी समितिको नयाँ भवन निर्माण हुनेछ । त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सर्भिसेजले बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको हो । एक तल्ला अण्डर ग्राउण्ड पार्किङ, भुई तल्लामा क्याण्टिनका साथै तालिम हल, पहिलो तल्लामा अन्तराष्ट्रियस्तरको सम्मेलन स्थल र दोश्रो देखि छैठौं तल्लासम्म समितिको कार्यालय रहनेछ । सातौ तल्लामा भने बीमा क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कन्सल्टेन्सीहरुका लागि छुट्याइनेछ । बीमा समितिका निमिक्त कार्यकारी निर्देशक राज...

२०७५ असोज २३ गते ५:४२

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले समितिको स्वायत्तता जोगाउन संघर्ष गर्ने घोषणा गरेका छन् । बीमा समिति कर्मचारी युनियनको दशैं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक २०७५ मा समितिको स्वायत्तता खोसिएको बताएका हुन् । उनले खोसिएको स्वायत्तता जोगाउन कर्मचारी युनियनले समेत सहयोग गर्नुपर्ने धारणा राखे छन् । ‘अर्थमन्त्रालयले संसदमा पठाएको बिधेयक देख्नु भएकै छ, सानो सानो काम गर्न पनि मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ, समितिको स्वायत्तता पुरै खोसेको छ, अब हामीले स्वायत्तता फर्काउन एकिकृत पहल गर्नु पर्नेछ, संघर्ष गर्नुपर्नेछ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिप्रति अर्थमन्त्रालय अनुदार देखिएको संकेत समेत गरेका थिए । बीमा ऐन २०४९ ले दि...

२०७५ असोज २३ गते ११:१०

काठमाडौं। सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बबरमहलमा रहेकाे एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले साविकका शेयरधनीहरुलाई १०ः ७ को अनुपातमा हकप्रद सेयर जारी गर्न अाफ्नाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे हाे । उक्त नियुक्ती सम्बन्धि सम्झौतामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका हुन्।   ...

२०७५ असोज २२ गते ५:१६

काठमाडौं । बीमा समितिले निर्जीवन र पुनर्बीमा कम्पनीलाई एनएफआरएसमा वित्तिय विवरण पेश गर्न निर्देशन दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले असोज ११ गते निर्जीवन र पुनर्बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै आर्थिक बर्ष २०७४।७५ को वित्तिय विवरण एनएफआरएस अनुसार तयार पार्न निर्देशन दिएका हुन् । २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीले एनएफआरएस अनुसार वित्तिय विवरण बनाउनुपर्नेछ । बीमा समितिले केहि दिनभित्रै जीवन बीमा कम्पनीहरुलाई समेत एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न निर्देशन दिने तयारी थालेको छ । नेपाल राष्ट्र बैंकले भने आव २०७४।७५ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण समेत एनएफआरएसमा बनाउन लगाएको थियो । बीमा समितिले भने बार्षिक प्रतिवेदन मात्रै सो प्रणालीमा बनाउन लगाएको हो । समितिका निमिक...

२०७५ असोज २१ गते ३:११

काठमाडौं । साताको पहिलो दिन सेयर बजार १३ अंकले घटेको छ । अघिल्लो साता निरन्तर घटिरहेकोमा यो साता पनि बजार घट्ने संकेत देखिएको छ । आईतबार नेप्से परिसुचक घटेर १ हजार २१४ अंकमा सीमित भएको छ । उत्पादनमुलक बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । उत्पादन समूहको सामान्य वृद्धि भएको छ । आइतबार ४० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम पनि घट्दै गएको छ । बजार घटे पनि सबैभन्दा बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता ९३२ रुपैयाँमा २ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ वित्तीय रुपमा मजवुत र राम्रो प्रतिफल दिने र सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् ।     ...

२०७५ असोज १ गते ७:२७

काठमाडौं । मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबीचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल इन...