Latest News

२०७५ फाल्गुन २७ गते ५:३९

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ३४औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष(आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बैंकले आव २०७४/७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ । हाल बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी ९ अर्ब १ ...

२०७५ फाल्गुन १९ गते २:१३

काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ । सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।     ...

२०७५ फाल्गुन १५ गते ६:५६

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा आगामी चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी फागुन २४ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सो दिन बिहान ११ बजे बस्न लागेको सभाले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । साथै, सभाले सेयरधनीलाई १० प्रतिशतका दरले एक करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । उक्त लाभांश बोनस सेयर र नगद लाभांशको करकट्टी नगद लाभांशबाट कट्टी गरी भुक्तानी गर्ने कर्पोरेशनले जनाएको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड २७ लाख ९३ हजार रुपैयाँ रहेको छ । २४ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १५ करोड २२ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधि...

२०७५ फाल्गुन १५ गते २:००

काठमाडौं । बुधबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विकास बैंकको १७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहेको छ ।   ...

२०७५ फाल्गुन १४ गते १:११

काठमाडौं । मंगलबार नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँले घटेको छ । सोमबार प्रतिकित्ता ७९४ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मंगलबार प्रतिकित्ता ६७८ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको नाफा वितरणका लागि आज(मंगलबार)बाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश पाउने छैनन् ।   १२ प्रतिशत बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ७०८ रुपैयाँ तोकेको छ । जसको आधार मूल्य प्रतिकित्ता ११२१ रुपैयाँ रहेको थियो । त्यस्तै, नबिल बैंकको संस्थापक सेयरको मूल्य समायोजन भएर ६७० रुपैयाँ तोकिएको छ । सोमबार उक्त सेयरको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ रहेको थियो । ...

२०७५ फाल्गुन ९ गते २:१७

काठमाडौं । नविल बैंकले आगामी फागुन २७ गते आफ्नो ३४औँ वार्षिक साधारणसभा डाकेको छ । सो प्रयोजनको लागि बैंकले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । उक्त सभामा बैंकले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । सभाले बैंक सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद(करसहित) गरी सो मात्राको लाभांशलाई अनुमोदन गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ०३ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबारको बजारमा बैंकको सेयर मूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ७९९ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको सभा फागुन २७ गते बिहान ११ः३० बजे कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दै छ ।       ...