Latest News

२०७५ पौष १९ गते २:१२

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १११.८८ देखि २९५.२३ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । बुटवलको बुद्धपथमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।     ...

२०७५ पौष १८ गते १:५१

काठमाडौं । बुटवल पावर कम्पनीले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता सेयर किनेको छ । बुधबार मात्रै बुटवल पावरले ६०० मेगावाटको अपर मस्र्याङ्गदी २ जलविद्युत आयोजना विकास गर्ने आयोजन कम्पनी हिमतालको सेयर किनेको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार कम्पनीले हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत सेयर किनेको हो ।   हिमताल हाइड्रोको स्वामित्वमा रहेको सो मात्राको सेयर गत पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा सेयर स्वामित्व कायम भएको नेप्सेले जनाएको छ । ...

२०७५ पौष १२ गते २:३४

काठमाडौं । बिहीबार हाथवे फाइनान्स कम्पनीको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सुनसरीको धरानमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ ।     ...

२०७५ पौष १२ गते १:४९

काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य १९३ रुपैयाँ रहेको थियो ।   समायोजन पछि खुलेको पहिलो कारोबारमा विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १७४ रुपैयाँ पुगेको छ । ...

२०७५ पौष ११ गते १२:४५

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । सभाले पारित गरेपछि सेयरधनीले चुक्ता पुँजीको ४५ प्रतिशत लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ३० करोड एक लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ३७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । साेहि सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो निर्णय संस्थाको संचालक समितिको बैठकले गरेको हो ।     ...

२०७५ पौष १० गते १:४३

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको मूल्य समायोजन भएको हो । यी तीनवटै कम्पनीले बोनस पछिको सेयरको मूल्य समायोजन गरेका हुन् । मिर्मिरे लघुवित्तको २४ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । जसको सेयर कारोबार प्रतिकित्ता ९६९.३५ रुपैयाँमा खुलेको छ । सामायोजन पछिको पहिलो कारोबारमा संस्थाको मूल्य घटेर प्रतिकित्ता ९६० रुपैयाँमा झरेको छ । त्यस्तै, स्वावलम्बन लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । मंगलबार संस्थाको सेयर कारोबार प्रतिकित्ता ८८६ रुपैयाँमा खुलेको छ । समायोजन पछि कारोबार भएको पहिलो दिन संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । त्यसैगरी, एनए...