Latest News

२०७५ श्रावण ३१ गते २:५३

काठमाडौं । एनआईसी एशिया बैंकले रिलायन्स लाईफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।   उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् । ...

२०७५ श्रावण ३० गते ४:१२

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझि र बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको विभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्ने छ । यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बीमा कम्पनीले दाबी परेको समयमा सहजरुपमा दाबी भ...

२०७५ श्रावण ३० गते २:४३

काठमाडौ । मेगा बैंकबाट मासिक १५ हजार रुपैयाँ किस्तामा गाडी पाइने भएको छ । किस्तावन्दीमा गाडी उपलब्ध गराउने विषयमा बैंक र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । नारायणी अटो बिजनेशबाट गाडी किन्न चाहने ग्राहकलाई मेगाले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, नारायणी अटोबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको ...

२०७५ श्रावण ३० गते २:३१

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायम मुकायम सीईओ अविजित घोष दस्टीदरले हस्ताक्षर गरेका छन् । यसका साथै, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एलआइसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।     ...

२०७५ श्रावण ३० गते २:००

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष(२०७३÷२०७४)मा २ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त तुलनामा बैंकको नाफामा १३.६० प्रतिशत वृद्धि भएको छ । बैंकको ब्याज आम्दानी बढेर ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप रकम ६ अर्ब ८६ करोड रुपैयाँले बढेर ९९ अर्ब ७४ करोड रुपैयाँ र कर्जा लगानी पनि बढेर ८७ अर्ब पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ । त्यस्तै, गत वर्ष बैंकको संचित कोषमा ७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा ७६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीको संचित कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी घटेर ३२ रुपैयाँ ...

२०७५ श्रावण ३० गते १:३९

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा नाफा ४३ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७० करोड रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत  वर्ष नाफा ३० कराेड रूपैयाँ बढेको छ । बैंकले गत वर्ष २ अर्ब ४ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ९८ पैसा पुगेको छ । अघिल्लो वर्ष ११ रुपैयाँ ७३ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर १ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.२५, कर्जा निक्षेप अनुपात ७६.५४ र आधारदर ११.६० प्रतिशत पुगेको छ ।  समिक्षा अवधिमा बैंकले ६९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित क...