Latest News

२०७४ मार्ग १ गते ५:४४

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न १२ कम्पनी(ऋणपत्र सहित)का २९ करोड १८ लाख २० हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा साधारण, हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । कुल सूचिकृत सेयर मध्ये २८ करोड १४ लाख कित्ता साधारण सेयर, १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर र ९० लाख ५६ हजार ३४६ कित्ता हकप्रद सेयर रहेका छन् । साताभर विभिन्न ६ वटा विकास ऋणपत्रको साधारण सेयर, ४ बैंक तथा फाइनान्सको हकप्रद र २ बीमा कम्पनीको बोनस सेयर थपिएका छन् ।   ...

२०७४ मार्ग १ गते ३:५१

काठमाडौं । नेपालमा कम्पनीहरुको स्तर निर्धारण (रेटिङ) को काम गर्न केयर रेटिङ नेपाल लिमिटेड सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले रेटिङको काम गर्न केयर रेटिङ नेपाललाई शुक्रबार अनुमतिपत्र (लाइसेन्स) दिएको हाे। हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् । भारतको केयर रेटिङस लिमिटेड तथा नेपाली बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र व्यवसायीक प्रतिष्ठानको संयक्त लगानीमा केयरको स्थापना भएको हो । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ । कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसाय...

२०७४ मार्ग १ गते ३:५५

काठमाडौं । साताको नेप्से परिसूचक करिब १२ अंकले उकालो लागेको छ । यस साता नेप्से पहिलो दिनको तुलनामा ११.९२ अंकले उकालो लागेर १४८९.०६ अंकमा पुगेको छ । गत सातको तुलनामा बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जमा दुई अर्ब ९२ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो । यस साता बजारमा १८० कम्पनीका २७ हजार ६ सय कित्ता सेयरहरु बिक्री भएका छन् । यसैगरी, समूहगत परिसूचकहरुमा उतारचढाव रहेको छ । ९ समूहको कारोबार भएको यस साता ४ समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलकको परिसूचक ७०.७१ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत ६०, अन्य समूह २६ र वाणिज्य बैंक समूहको परिसूचक ८ अंकले उकालो लागेका छन् । सबैभन्...

२०७४ मार्ग १ गते २:०२

काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एकैदिन कैलाश विकास बैंक, विजया लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक र समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले कैलाश विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९६ रुपैयाँ रहेको थियो । त्यस्तै, विजया लघुवित्तको पनि १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९१ रुपैयाँ रहेको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकको ९ प्रतिशत बोनस सेयर र समता माइक्रोफाइनान्सको पनि २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन ...

२०७४ मार्ग १ गते १:२७

काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ४७ करोड ९१ लाख नाफा कमाएका छन् । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने १४ कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा आफ्नो नाफा २१.२९ प्रतिशतले वृद्धि गरेर करिब ४८ करोड पुर्याएका हुन् । गत आवको असोज मसान्तसम्ममा यीनै कम्पनीहरुले जम्मा ३९ करोड ५० लाख मात्रै नाफा कमाउन सफल भएका थिए । शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । कम्पनीको आफ्नो नाफालाई ८ करोड ७० लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याएको छ । एनएलजी इन्स्योरेन्सले पनि ४ करोड ३८ लाखबाट बढाएर ५ करोड २५ लाख नाफा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख नाफा कमाउँदा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ करोड १२ लाख मुनाफा गरेको छ । एभरेष्ट इन्स्योरेन्सले भने सबै भन्दा थोरै ४४ लाख मात्रै नाफा कमाउन सफल भएको छ । एभरेष्टले गत आवको अ...

२०७४ मार्ग १ गते १२:४२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एक लाख ६० हजार कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले शुक्रबार मात्र यस बैंकको सो मात्राको सेयर सूचिकृत गराएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । शुक्रबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ । ...