मुस्ताङ –१ मा कांग्रेसका योगेश गौचन विजयी, घोषणा हुन बाँकी
काठमाडौं । मुस्ताङ –१ मा ३ हजार ३०७ मत ल्याएर नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । निर्वाचन आयोगले उनको जीत घोषणा गर्न भने बाँकी छ । गौचनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १ हजार ८०६ मत ल्याए । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधितीय चन्द थकालीले ७५९ मत पाए । गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचलाई हराउँदै जीत हासिल गरेका हुन् ।
प्रारम्भिक मतगणनामा गगन थापाभन्दा अमरेशकुमार सिंह तेब्बर मतले अगाडि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रारम्भिक मतगणनामा अमरेशकुमार सिंहभन्दा तेब्बर मतले पछाडि परेका छन् । प्रारम्भिक मतपरिणामअनुसार सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थापाले ५३६ मत प्राप्त गरेका छन् । रास्वपाबाट सो क्षेत्रमा चुनाव लडेका अमरेशकुमार सिंहले १९०८ मत प्राप्त गरेका छन् । नेकपाका रजनीश रायले ३७९ मत प्राप्त गरेका छन् । सर्लाही-४ को मतगणना अमरेश सिंहको घर भएको क्षेत्रबाट गरिएका कारण सुरुवाती मतपरिणाममा उनी थापाभन्दा निकै अगाडि देखिएका कांग्रेस नेताहरुको दाबी छ ।
मोरङ- ६ मा रास्वपाकी आचार्य अगाडि
काठमाडौं । मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् । उनले ३ हजार ४२३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाले ७२८ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ६२७ मत पाएका छन् ।