पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियरलाई पक्राउ गर्न प्रहरी परिचालन

  २०७५ असोज ९ गते १२:२९     विकासन्युज

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियरलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । प्रहरीले साेछोधपुछका लागि बोलाउदा नआएपछि रौनियर माथि पक्राउ पुर्जि जारी गरेको हो ।

डुङगा दुर्घटनामा ५ जनाको मृत्यु भएपछि पुल बनाउने ठेकेदार दोषी रहेको भन्दै अदालतले पक्राउ पुर्जि जारी गरेको हो । अदालतले आइतबार नै रौनियरलाई पक्राउ गर्न आदेश दिएको रौतहट जिल्ला प्रहरी कार्यलयका एसपी केदार ढकालले बताए ।

‘हामीले यसअघि नै रौनियरलाई टेलिफोन गरी प्रहरी कार्यालय आउन जानकारी गराएका थियौं एसपी ढकालले विकासन्युजसँग भने तर उनी मानेन् अहिले उनको मोबाइल अफ छ, कानूनी प्रक्रिया अनुसार खोजी भैरहेको छ ।’ रौनियरलाई सोधपुछको लागि मात्र पक्राउ गर्न लागिएको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.