नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औं वार्षिकोत्सव सम्पन्न

  २०७५ असोज ८ गते १५:४७     विकासन्युज

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले विगत २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक तथा प्रसशां पत्र वितरण गरेको छ। कम्पनीमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीहरुलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको छ।

कम्पनीले प्रधान कार्यालय लगायत देशका ३३ वटा शाखा कार्यालयहरु र २४ वटा बीमा सेवा काउन्टरहरुबाट बीमा सेवा प्रदान गर्दे आएको छ  । कम्पनीले आधुनिक बीमाका सुविधाहरु सुरक्षित र सरल रुपमा ग्राहक सम्म पु¥याउको लागि नविनत्तम प्रविधिको प्रयोग गरी व्यापक सञ्जाल बिस्तार गर्दे आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.