मंगलबारदेखि यौनजन्य वेवसाइटहरु बन्द गर्न प्राधिकरणकाे निर्देशन

  २०७५ असोज ८ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यौनजन्य साइटहरु बन्द गर्न निर्देशन दिएको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले यौनजन्य सामाग्री प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

कम्पनीहरुले तत्कालै साइट बन्द गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनका अनुसार हाल नेपालमा ७० वटा सेवा प्रदायक कम्पनी रहेका छन् । अटेर कम्पनीको दूरसञ्चार ऐन २०५३ अनुसार जरिवाना सहित अनुमति पत्र रद्द गर्ने प्राधिकरणले जनाएको छ ।

नेपालमा यौनजन्य हिसां बढेको भन्दै सरकारले यौनजन्य साइट बन्द गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.