ज्योति विकास बैंकको साधारणसभा असोज २९ मा, ८.४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने

  २०७५ असोज ८ गते १२:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको ११ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८.४ प्रतिशत अर्थात २१ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

सभाले ज्योतिले हाम्रो विकास बैंक गरेको प्राप्तिको प्रस्तावलाई सभाले अनुमोदन गर्ने छ । सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) बाट तय भएको १ बराबर १ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) लाई सभाले पारित गर्ने भएको छ ।

हाल बैंकमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ६० र ४० प्रतिशत रहेकोमा संस्थापक स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्ने छ । बाँकी ९ प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने बैंकले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.