साइन रेसुङा डेभलपमेन्ट बैंकको साधारणसभा असोज २८ मा, १७.७० प्रतिशत बोनस सेयर पारित गर्ने

  २०७५ असोज ८ गते १२:०१     विकासन्युज

काठमाडौं । साइन रेसुङा डेभलपमेन्ट बैंकको १० औं वार्षिक साधारणसभा असोज २८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २४ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै बोनस सेयरको कर मात्रै ०.९३ प्रतिशत अर्थात १ करोड २८ लाख रुपैयाँ तिर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

उपर्युत्त बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर र सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) गर्नका लागि परामर्शदाता, मूल्याँकनदाता र लेखापरीक्षक नियुत्तिका लागि अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.