“फेरि आयो पाडो किन्दा भैंसी उपहार” योजना, जुत्ता किन्दा कार पाइने

  २०७५ असोज ७ गते १९:२०     विकासन्युज

काठमाडौं । शिखर सुजले नजिकिँदै गएका दशैं तिहार लगायतका चाडबाडलाई लक्षित गरी “फेरि आयो पाडो किन्दा भैंसी उपहार” नामक योजना ल्याएको छ ।

दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो । यस योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउने छन् ।

ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउने छ । स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्याच्ब्याक कार जित्ने छन् ।

शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । ती डिजाइनमा पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज/स्कुल शु र र अफिसियल शु बजारमा छन् । उक्त जुत्तामा ६ महिनाको वारेण्टी पाइने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.