डावर नेपाल र इसिमोडबीच दिगो विकास सम्बन्धि सम्झौता

  २०७५ असोज ७ गते १८:५८     विकासन्युज

काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा आ–आफ्नो संस्थाको तर्फबाट इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड एच.एस वेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र इसिमोड वीचको साझेदारीले उत्तरदायित्व पूर्ण व्यवसायिक दीगो पर्वतीय विकासमा मद्दत पुग्नेछ ।

यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिने छ जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमाआधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिने छ । यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि सम्झौतामा उल्लेख गरिएको छ ।

डाबर नेपाल र इसिमोडका बीचमा सन् २००२ देखि पारस्परिक सहयोगको क्षेत्रमा आपसी सम्बन्ध स्थापना हँुदै आएको छ र औषधीजन्य जडिबुटीको क्षेत्रमा नयाँनयाँ उपलब्धि हासिल गरिएको छ । यस्तै, अन्य संयुक्त आयोजनाद्धारा सञ्चालन गरिएको जडिबुटिको महत्व तथा सुगन्धित जडिबुटिको बारेमा नेपालका विद्यार्थीहरुलाई जानकारी प्रदान गरेको छ । इसिमोडले उपलब्ध गराएको गोदावरीको जग्गामा डावर नेपालले सन् २०१३ देखि जडिबुटि उद्यान्न विकसित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.