सनराइज बैंकद्धारा वीरायतन नेपाललाई ५ लाख सहयोग

  २०७५ असोज ७ गते १८:४१     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको गैर सरकारी संस्था वीरायतन नेपाललाई ५ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।

बैंकले अनाथ तथा असाहाय बालबालिकाहरुको संरक्षणको निम्ति काम गर्दै आईरहेको ललितपुरको सानेपामा अवस्थित उक्त संस्थालाई सो मात्राको रकम सहयोग गरेको हो ।

उक्त संस्थामा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–शुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले हस्तान्तरण गरेका छन् ।

उक्त समारोहमा बैंकका संचालकहरु ई. बच्छराज तातेड्, ज्योतिकुमार बेगानी, ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.