बुढीगण्डकी फेरी प्रतिष्पर्धा बिनै चाईना गेजुवालाई

  २०७५ असोज ७ गते १७:०८     विकासन्युज

काठमाडौं । सरकारले १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त आयोजना पुनः चिनियाँ कम्पनी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले आयोजना बनाउन पुनः चाइना गेजुवा ग्रुप लिमिटेडलाई दिने निर्णय गरेको उर्जामन्त्री बर्षमान पुनले  बताए ।

उनले अाइतबार पत्रकार सम्मेलन गरेर यस्ताे जानकारी दिए । उनले आयोजना पुनः चिनियाँ कम्पनीलाई दिनुमा आफ्नो कुनै हात नरहेको समेत स्पष्ट पारेका छन् । यस अघि तत्कालिन पुष्पकमल दाहाल र उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरेका थिए ।

तर शेरबहादुर देउवाले सो निर्णयलाई उल्टाएर नेपाल आफैंले बनाउने घोषणा गरिदिएका थिए । सरकारले प्रतिष्पर्धा बिनै चिनियाँ कम्पनी गेजुवालाई सुम्पिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.