सानिमा जनरल इन्स्योरेन्स नारायणगढमा, यसै वर्ष २० वटा शाखा खोल्ने

  २०७५ असोज ५ गते १५:५९     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गरेका छन् ।

कार्यक्रममा कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिति थियो । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको पहुँच पुर्याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक बर्ष भित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पुँजी १ अर्ब पुर्याउने कम्पनीको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.