नुवाकोटमा महिन्द्राको नयाँ शोरूम, बिक्री र मर्मत सम्बन्धी सेवा दिने

  २०७५ असोज ५ गते १५:४७     विकासन्युज

नुवाकोट । नुवाकोटको बट्टारमा महिन्द्राले नयाँ आधिकारीक बिक्री-कक्ष ‘कला मोटर्स’ संचालनमा ल्याएको छ । यस बिक्री-कक्षले महिन्द्राका ग्राहकहरूलाई बिक्री र मर्मत सम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टसहरू पनि उपलब्ध गराउनेछ ।

अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ्गले शुक्रबार बिक्री-कक्षको सामुहिक उदघाटन गरेका छन् । यस बिक्री-कक्ष स्थापनाको उद्देश्य नुवाकोट र आसपासका क्षेत्रका ग्राहकहरूको कम्पनीमा सिधा पहुँच र गुणस्तरीय सेवाहरू अझ सुलभ र कम खर्चिलो बनाइ ग्राहकहरूलाई अझ बढी फाइदा पुर्याउनु रहेकाे कम्पनीले जनाएकाे छ ।

नुवाकोट क्षेत्रमा महिन्द्राको बिक्री-कक्षको स्थापनाले ग्राहकहरू र कम्पनीबीचको विश्वासको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.