गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा

  २०७५ असोज ५ गते १५:०१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुरु गरेका छन् ।

मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताएका छन् । साथै, उनले नगरपालिकाको वडा न. ५ र ६ को वृद्धभत्ता मेगाको शाखारहित बैंकिङ सेवाबाट हुने जानकारी दिएका छन् ।

वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताएका छन् ।

शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिने हुँदा खातावालाको रकम सुरक्षित रहने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.