सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच रेमिटान्स सेवा शुरु

  २०७५ असोज ५ गते १४:५२     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनीे ट्रान्सफर र सिगे मनी ट्रान्सफरबीच रेमिटान्स सेवा शुरु गर्ने सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्नेछन् ।

सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधि मार्फत सहकार्य गर्दै जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.