थापाथली भवन शिलान्यास गर्दै अर्थमन्त्रीप्रति गभर्नरको व्यंग्य

  २०७५ असोज ५ गते ९:१३     विकासन्युज

काठमाडौं । गभर्नर डा. चिरन्जीवि नेपालले नेपाल राष्ट्र बैंक छाडेर गएकाले असहयोग गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा प्रति व्यंग्य गरेका छन् ।
केन्द्रीय बैंकले निर्माण गर्न लागेको थापाथलीस्थित भवनको शुक्रबार बिहान शिलन्यास गर्दै गभर्नर नेपालले अर्थमन्त्री डा. खतिवडाबाट सहयोग नपाएको संकेत गरेका थिए । “पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल केन्द्रीय बैंकको पुर्वकर्मचारी हुनुहुदो रहेछ, उहाँले हामीलाई सहयोग गर्नुभयो” गभर्ननर नेपालले भने “तर राष्ट्र बैंक छाडेर गएक उच्च अधिकारीले भने असहयोग गरिरहेका छन् ।”

भूकम्पबाट क्षतिग्रस्त भएपछि राष्ट्र बैंकले राजधानीको थापाथलीमा नयाँ भवन निर्माण सुरु गरेको छ । भवन बनाउन २ अर्ब ५५ करोड रुपैयाँ अनुमानित लागत रहेको छ । भवन आगामी ३० महिनामा सम्पन्न हुने छ ।

भवन बनाउन विल्ली कन्टेक जीभीसंग ठेक्का सम्झौता भएको छ । ठेकेदारसंग १ अर्ब ८७ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । भवनको २ तला भुमिगत रहने छ । यसमा नोटको भण्डारण, त्यसमाथि पार्किङ र कार्यालय बस्ने छ ।

विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको भवन पुरातत्व विभागको स्वीकृतिमा पुरानै शैलीमा निर्माण गरिने उल्लेख गरे । बैंकको गुरुयोजनाअनुसार मुख्य तीन ब्लक क्रमशः मुख्य बैंकिङ कार्यालय भवन, चमेनागृह, हेल्थ क्लब र सेक्युरिटी ब्लक निर्माण हुनेछ । राणाकालीन सिंह महलमा राष्ट्र बैंकले कार्यालय सञ्चालन गर्दै आएको थियो ।

भूकम्पले क्षति पु¥याएपछि पुरानै स्थानमा नयाँ भवन बनाउन लागिएको हो । उक्त भवन निर्माणका लागि २०७५ वैशाख १४ मा बोलपत्र आह्वान गरिएको ।पुरातत्व विभागको अनुमतिमा बैंंकको हाल भइरहेको पुरानो स्वरुपमा कुनै परिवर्तन नहुने गरी नयाँ भवन निर्माण गर्न लागिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.