ड्राइभरको हड्तालले देशभर इन्धन अभाव, घण्टौं लाइन बस्दा ५ लिटर तेल

  २०७५ असोज ४ गते १७:२३     विकासन्युज

काठमाडौं । ट्याङकर ड्राइभरहरुले विभीन्न भाग राख्दै हड्तालमा उत्रिएपछि देशभर इन्धनको अभाव देखिन थालेको छ । ड्राइभरहरुले भारतबाट तेल नल्याएपछि राजधानी लगायत देशका विभिन्न स्थानमा इन्धन अभाव देखिएको हो ।

अहिले राजधानीको विभिन्न पेट्रोल पम्महरुमा सेवाग्राहीहरु घण्टौं लाइन बसीरहेका छन् । ३ घण्टा भद्रकाली पेट्रोल पम्पमा लाइन बसेर ५ लिटर तेल मात्रै पाएको सेवाग्राहि सुरेन्द्र उप्रेतीले बताए । ड्राइभरहरुको हड्ताल जारी रहे देशभर इन्धन अभाव देखिने भएको छ ।

यसैगरी आयल निगमले समयमै ट्याङकरले पेट्रोल तथा डिजेल ढुवानी नगरे इजाजत पत्र खारेज गर्ने चेतावनी दिइसकेको छ ।
यस्तै मुलुकी ऐन संहिता ऐनमा सवारी बदनियत रुपले दुर्घटना गराए सवारी चालकलाई ३ वर्षदेखि ५ वर्षसम्म जेल सजाय हुने भनेपछि देशभरका चालक आन्दोलनमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.