केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको नगद अनुदान र कम्प्युटर सहयोग

  २०७५ असोज ४ गते १६:५७     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर उपकरणहरु हस्तान्तरण गरेको छ । बिहीबार एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्रीले नगद ५ लाख, आईफाइभ ल्यापटप ५ थान, डेस्कटप कम्प्युटर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरेका छन् ।

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रुपमा ५ वर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई यस बैंकले विगत ३ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र/छात्रा गरी ८९ जना बहिरा विद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् ।

बैंकले देशैभरी फैलिएका १२३ शाखा, ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.