ग्लोबल आइएमई बैंकको चितवनमा १०३आैँ शाखारहित बैंकिङ सेवा

  २०७५ असोज ४ गते १४:४७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबार चितवनको कुमरोजमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ सेवासंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ ।
कुमरोजमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानिय राजेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखाअन्तर्गत रहने छ ।

बैंकले हाल १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.