शिखरले ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता, हरेकमा ६ महिने वारेण्टी

  २०७५ असोज ३ गते १९:००     विकासन्युज

काठमाडौं । जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गरेकाे बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर १ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । शिखरले दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अवसर भएकाले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी व्यक्तित्वहरुलाई लक्षित गरेर नयाँ डिजाइनका जुत्ताहरु बजारमा ल्याएको हो ।

उक्त नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् । कम्पनीले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ ।

उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । उद्योगले काठमाडौं र विराटनगरमा शुकन्भेयर मेसिन, पियू (पोली युरेथेन) मेसिन र डिएमएस (बुट बनाउने) मेसिनलगायतका स्वचालित प्लान्ट राखेर जुत्ता उत्पादन गर्छ । कम्पनीले ग्राहकलाई आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.