म्याद थप्ने आफै, अनि ठेकेदारले काम गरेन भन्ने ? तारानाथ सापकाेटा

  २०७५ असोज ३ गते १५:४८     विकासन्युज

मेरो देशमा १४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न १४ वर्ष लाग्छ। ७ किलोमिटर बाटो पिच गर्न ७ वर्ष लाग्छ। १ हजार ४७० करोड खर्च गरेर बनाएको नहरबाट १ हजार ४७० घण्टासम्म पनि पानी पठाउन सकिन्न।

८÷१० वर्षमा मोनो रेल चल्ला, मेट्रो रेल चल्ला, अर्को चक्रपथ बन्ला भनी सोच्नु बेकार छ। बाटो विस्तार गर्न भनी भएका संरचना भत्काएर छोडिएको छ। जलाशययुक्त जल विद्युत् आयोजना बनाउने भनेर हल्ला गर्न लागेको दुई दशक भइसक्यो। काम केही भएको छैन।

ठेकेदारले काम लिएर अलपत्र पारियो भनेर प्रचार गरिन्छ। तर अलपत्र पार्न किन दिइन्छ ? ठेक्काको अर्को पक्षको पनि कमजोरी भएर नै काम ढिलो भएको हो। एक पक्षको मात्र कमजोरी भए ठेक्का भङ्ग पनि हुनसक्छ। ठेकेदारको कार्य सम्पादन करार बमोजिम नभए, ठेक्का भङ्ग हुन सक्ने कुरो करारमै लेखिएको हुन्छ।

ठेकेदारले आफै ठेक्काको म्याद थप्न मिल्दैन। म्याद थप्ने आफै, ठेकेदारले काम गरेन भन्ने पनि आफै। यस्तो द्वैध चरित्र भएको देशमा बिकास हुँदैन। बिकास त्यो देशमा हुन्छ, जहाँ जसले जे काम गर्नु पर्ने हो त्यही काम गर्छ।

निर्मलाको बलात्कार गर्ने व्यक्ति पत्ता लाग्छ भनेर प्रधानमन्त्रीले भन्नु पर्ने कुरो हो ? अचम्म छ। उसो भए प्रसाशनको काम के हो ?
जसले जे काम गर्ने हो त्यही काम गर। अनुसन्धान गर भनेर प्रधानमन्त्रीलेले भन्नुपर्ने कुरो हो ?

दिनदहाडै भएको बलात्कारको बास्तविकता पत्ता लागाउन सकिन्न भने अरू काम गर्छु भनेर फुर्ति गर्नु आवश्यक छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.