यती एयरलाइन्सको तेश्रो एटीआर-७२-५०० विमान काठमाडौंमा, भद्रपुर र पोखरासम्म सेवा दिने

  २०७५ असोज ३ गते १४:३१     विकासन्युज

काठमाडौं । यती एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा आफ्नो तेश्रो एटीआर-७२-५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएकाे छ । जसको नेपाली रजिष्ट्रेसन नं.९एन-एएलएन र उत्पादन क्रम संख्या एमएसएस ७७६ रहेको छ ।

उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको हो । उक्त विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

एटीआर-७२-५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर-७२-५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्ने कम्पनीले बताएको छ । विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एसएएस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् ।

यो विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेडबाट खरिद गरीएको हो र यो नेपालमा एटीआर-७२ विमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ । यो विमान थपिँदा यति एयरलाइन्सले एटीआर-७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ । साथै, यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सहयोग गर्ने कम्पनीले अपेक्षा गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.