कक्षा १२ को मौका परीक्षाको नतिजा आज, हेर्ने कसरी ?

  २०७५ असोज ३ गते १२:४०     विकासन्युज

काठमाडौं। कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सम्बन्धि सबै काम पूरा गरी १० बजे बोर्ड बैठक बोलाएको थियो।

बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो ।

नोट: ग्रेडवृद्धि परीक्षामा सामेल हुने बिद्यार्थीले पहिलो भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड राखिन्छ ।

नतिजा कसरी हेर्ने ? 

नतिजा प्रकाशित भैसकेपछी आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएम्यस पठाएर आफ्नो नतिजा हेर्न सकिन्छ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ।

श्रोत- मेरो स्टडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.