नेशनल लाईफ इन्स्योरेन्सले उत्कृष्ट व्यवसाय गर्ने ६ जनालार्इ दियाे नगद पुरस्कार

  २०७५ असोज २ गते १८:३८     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस कम्पनीमा कार्यरत अभिकर्ताहरुको लागि गत भदौ २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ ।

उक्त भेला कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । सो भेलामा नेपालभरीबाट करिब २५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्षले प्रमाण पत्र वितरण गरी सम्मान गर्दै आ.व २०७४/७५ मा उत्कृष्ट व्यवसाय गर्ने नेपालगंज शाखामा कार्यरत विजयकुमार पाठक, शंकर लामिछाने, गंगा कुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहज पहुँच पुर्याउने उदेश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको छ । सो अनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्न वर्गका बालिकाहरुलाई कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले छात्रावृत्ति रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.