रिडी हाइड्रोपावरको असोज ७ गते बुक क्लोज, बोनस सेयर वितरण गर्ने

  २०७५ असोज २ गते १६:०१     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी असोज ७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज हुने भएको हो ।

कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित नाफाबाट सेयरधनीलाई ६.३१५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले कर सहित चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावलाई वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश आगामी असोज ६ गतेसम्म कारोबार भई ७ कार्य दिन भिन दाखिल खारेजको लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.